पु.समाचार

राष्ट्रिय गौरबका आयोजना निर्माण गर्दा यसरी सुरुमै त्रुटि हुँदोरहेछ !

नेपालगन्ज । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाका लागि सरकारले बर्सेनि अर्बौँ रुपैयाँ बजेट छुट्टाउँदै आए पनि यसको डिजाइनमा भएको त्रुटीले १० प्रतिशत बजेट पुननिर्माणमा नै सकिने गरेको छ ।

आइतबारको नागरिकमा लेखिएको छ, सम्बद्ध प्राविधिकहरुका अनुसार डिजाइनमा गरिएको त्रुटीका कारण आयोजनाको निर्माणाधीन संरचना प्रत्येक बर्ष भत्कने र त्यसलाई फेरी बनाउनुपर्ने बाध्यता छ ।

आयोजनाका एक इन्जिनियरले भने, पूर्व पश्चिम फैलिएको मूल नहरले उत्तर दक्षिणतर्फ बग्ने पानीको बहाव थेग्न नसकेकै कारण भत्किने समस्या निम्तिएको हो ।

नहरभन्दा मुनी र माथिबाट बनाइएका साइफन कतै अत्यन्त साँघुरा भएको बताउँदै उनले ती कमजोर हिसाबले बनेकाले त्यसैको परिणाम देखिएको बताए ।