राजनीति

तराईमा हुने तेस्रो चरणको निर्बाचनमा एमाले बढारिन्छ : डा कोईराला

काठमाण्डौ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले एमालेले संबिधान संशोधन पास हुन नदिएर तराईमधेशका जनताको अधिकार खोस्न लागी परेको बताउदै तेस्रो तहको स्थानिय तहको निर्वाचनमा तराई-मधेसबाट एमाले बढारिने बताएका छन् ।

एमालेको उग्रराष्ट्रबाद र मधेसी मोर्चाको उग्रमधेसबादको नाराले देशलाई जातीय द्वन्दतिर धकेल्न लागेको बताउदै यि दुवै पार्टी अतिबादी भएको समेत स्पष्ट पारेका छन्।

बाढीले मधेस डुब्दा र मधेशीको दुःखमा समेत राजधानी छोड्न नसक्ने मधेसी मोर्चाका नेताले कुनैपनी हालतमा मधेस र मधेशी जनताको पक्षमा काम गर्न नसक्ने बताउदै उनीहरूले मधेसका जनतालाई सधैं सत्ताको प्राप्तीको साधन मात्र बनाएको बताए।

नेपाली काँग्रेस बिरगंज महानगरपालिका वडा नं २२ ले जगन्नाथपुरमा आयोजना गरेको चुनावी सभा एवं पार्टी प्रवेश कार्यक्रमलाई संबोधन गर्दै डा. कोईरालाले तराई-मधेसमा एमाले र मधेशी पार्टीहरूले विश्वास गुमाईसकेको बिचार ब्यक्त गरेका छन् । उक्र कार्यक्रममा डा. कोईरालाले प्रदेश नं-२ मा नेपाली काँग्रेस पहिलो पार्टी बन्न बाट कसैले रोक्न नसक्ने जिकिर गरेका छन्।

सो कार्यक्रममा राष्ट्रिय जनता पार्टी (राजपा), संघिय समाजबादी, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, जिल्ला एवं गाउँ तहका जना १ सय ८१ नेता एवं मधेस आन्दोलनमा शहादत प्राप्त गरेका दिलिपकुमार चौरसियाका बुवा र दाई नेपाली काँग्रेसमा प्रवेश गरेको डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले सुर्यखबरलाई बताए।

नव प्रवेशीहरूलाई डा. कोईरालाले टिका र माला लगाएर स्वागत गरेका थिए। कार्यक्रममा बिरगंज महानगरपालिकाका मेयरका उम्मेदवार अजय दुवेद्धी, सांसद राजेन्द्र अमात्य, काँग्रेस नेत्रृ शान्ती कार्की लगायतले मन्तब्य राखेका थिए।