पु.समाचार

माओवादी केन्द्रनिकट विद्यार्थी संगठनको अध्यक्षमा तामाङ विजयी

काठमाण्डौ । माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ विजयी भएका छन् । करिब एकहप्ताअघि सुरु भएको सो संगठनको एकताको २१ औं राष्ट्रिय सम्मेलनमा भएको निर्वाचनबाट तामाङ विजयी भएका हुन् ।

तामाङले अर्का प्रत्यासी अनिल शर्मालाई हराएका छन् । निर्वाचनबाट उपाध्यक्षमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दिपक देवकोटा र विजय गौतम विजयी भएका छन् भने महिलातर्फको उपाध्यक्षमा पञ्चा सिंह, जनजाति उपाध्यक्षमा दिपेश पुन र मधेसी उपाध्यक्षमा रविकिरण यादव विजयी भएका छन् ।

त्यस्तै निर्वाचनबाट उत्तम अधिकारी महासचिवमा निर्वाचित भएका छन् भने उपमहासचिवमा जीपी मैनाली, तुकमान महरा र महिला उपमहासचिवमा आशा तमु विजयी भएकी छन् ।

महासचिवमा निर्वाचित भएका अधिकारीले प्रत्यासी खेमबहादुर सिंहलाई पराजित गरेका थिए । त्यस्तै खुल्ला सचिवमा नरेश रेग्मी, डीबी साउद र महिला सचिवमा गंगा दाहाल विजयी भएका छन् । अन्य विभिन्न क्लष्टरबाट १६ जना सचिव चुनिएको अखिल क्रान्तिकारी निकट श्रोतले जनाएको छ ।