मनोरञ्जन

को होला नेपाल आइडल ? यसरी हुँदैछ अन्तिम छनोट ! (भिडियोसहित)

काठमाण्डौ । एपी वान टेलिभिजनबाट प्रसारण हुने ‘नेपाल आइडल’ छनोट अन्तिम चरणमा आइपुगेको छ । साताको हरेक बिहीबार र शुक्रबार प्रसारित गायनमा आधारित रियालिटी सोमार्फत नेपाल आइडल छनोटको अन्तिम तयारीमा आइपुगेको हो ।

देशभरका मुख्य शहरहरुबाट १ सय ५१ जनाबाट छनोटमा परे चार जना अहिले नेपाल आइडलको भीडन्तमा अन्तिम प्रतिस्पर्धा गरिरहेका छन् । जसमा दर्शकहरुले चारै जनालाई चम्किला ताराको संज्ञा दिइरहेका छन् ।

देशका मुख्य शहरहरु बुटवल, नेपालगञ्ज, वीरगञ्ज, नारायणगढ, विराटनगर, काठमाण्डौ र पोखराबाट छनोट गरिएका प्रतिस्पर्धीहरुमध्ये यसबेला प्रताप दास, निशान भट्टराई, सागर आले र बुद्ध लामाले अन्तिम प्रतिस्पर्धा गरिरहेका छन् । शुक्रबार साँझसम्म उनीहरुलाई जम्मा ३७ लाख मत प्राप्त भएको आयोजकहरुले बताएका छन् ।

शुक्रबार साँझ चारजनामध्ये एकजना प्रतिस्पर्धाबाट बाहिरिने समभावना थियो तर निर्णायक टिमले एउटा महत्वपूर्ण निर्णय गरि एकहप्ताका लागि चारैजनालाई सुरक्षित गरिदियो । अब एकहप्ताभित्र  र शुक्रबार साँझसम्म प्राप्त मतपरिणामलाई मुल्यांकन गरेर जसको मत घटी आउँछ उ नै टप फोरबाट बाहिरिनेछ ।

विश्वभरका दर्शकहरुले नेपाल आइडलका प्रतिस्पर्धीहरुलाई भोट गरिरहेका छन् । जसमा प्रतिभाका धनी चार नेपाली युवाले आफ्नो कलालाई थप तिखारिरहेका छन् ।

चारैजना उत्तिक्कै प्रतिभावान गायक भएकोले पनि निकै कडा प्रतिस्पर्धा देखिएको छ । अन्तिममा एकजनालाई नेपाल आइडल घोषणा गरिनेछ, जुन भाग्य उनीहरु आफैले आफ्नो प्रतिभालाई कडा प्रतिस्पर्धाको परीक्षामा सामेल गराएर गर्नुपर्ने हुन्छ।

https://www.youtube.com/watch?v=O4-0dXy5mik