अन्तर्राष्ट्रिय

केन्याको राष्ट्रपतिय निर्वाचनको परिणाम अदालतद्वारा बदर

एजेन्सी ।  केन्यामा गत महिना भएको राष्ट्रपतिय निर्वाचनको नतीजालाई त्यहाँको सर्वोच्च अदालतले बदर घोषणा गर्दै नयाँ चुनाव ६० दिनभित्र गर्न आदेश दिएको छ। उक्त फैसला अफ्रिकाको इतिहासमै अभूतपूर्व मानिएको छ।

६ जना मध्ये ४ जना न्यायाधीशले निर्वाचन अवैध भन्दै त्यहाँको चुनाव आयोगले संवैधानिक तवरले निर्वाचन नगराएको जनाएको छ। वरिष्ठ नेता राइला ओडिंगाको नेतृत्वमा रहेको मुख्य विपक्षी गठबन्धनले यसअघि उक्त निर्वाचन झेलपूर्ण गरिएको भनेको थियो।

फैसलाप्रति प्रतिक्रिया दिंदै ओडिंगाले चुनाव आयोगका सदस्यहरुले केन्याली जनताका विरुद्ध ठूलो अपराध गरेको भन्दै तिनलाई जेल हाल्नु पर्ने बताए। यसअघि निर्वाचन लगत्तै चुनाव आयोगले राष्ट्रपति उहुरु केन्याटालाई १४ लाख भोटको अन्तरले विजेता घोषित गरेको थियो।