पु.समाचार

नेसनल मेडिकल सम्बन्धन दिएको विषयबारे खुल्यो यस्तो रहस्य !

काठमाण्डौ । प्रमुख दलका शिर्ष नेताहरुको निर्देशनमै पूर्वाधारविहीन, विवादास्पद काठमाडौं नेसनल मेडिकल कलेज लाई त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले सम्बन्धन दिएको खुलेको छ ।

शनिबारको कान्तिपुरमा लेखिएको छ, विवादास्पद निर्णयमा हस्ताक्षरकर्तामध्ये त्रिवि कार्यकारी परिषदका एक सदस्यले प्रमुख लदका नेताले सम्बन्धन दिन आफूहरुलाई निर्देशन दिएको खुलासा गरेका हुन् ।

त्रिवि कार्यकारी परिषदका एक सदस्यले भने, ‘हामीलाई प्रमुख दलका मुख्य नेताहरुले सम्बन्धन दिनुपर्छ भन्नुभएको हो । त्यसमा एमालेका नेताहरु पनि छन्, कांग्रेस, माओवादीका पनि छन् ।’

निर्णय लेख्नुअघि प्रधानमन्त्री र शिक्षामन्त्रीलाई जानकारी गराएको बताउँदै ती सदस्यले भने, ‘उहाँहरुलेनै (निर्णय भएपनि) अहिले बाहिर नल्याउनुस् भन्नुभयो । तर, तीन सातापछि उहाँहरुले नै निर्णय लिक गरिदिनुभयो ।’