आर्थिक

सिटी एक्स्प्रेसको ९० दिने उत्सव उपहार योजना सार्वजनिक

काठमाण्डौ । २०६४ सालमा विप्रेषण व्यवसायको रुपमा स्थापना भएको सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि. एक प्रतिष्ठित रेमिटान्स कम्पनी हो । यस कम्पनी विप्रेषण व्यवसाय समूह मध्ये अग्रस्थान ओगट्न सफल समेत भएको छ । यस रेमिटान्स कम्पनीले आफ्नो व्यवसायका साथसाथै विभिन्न धार्मिक, सांकृतिक तथा सामाजिक कृयाकलापमा आवद्ध भै सहयोग प्रदान गरेको कुरालाई नेपालको परिप्रेक्ष्यमा अति प्रशंसनीय एवं अनुकरणीय मानिएको छ ।
लामो समयदेखि मनी ट्रान्सफर सम्बन्धी सुविधा उपलब्ध गराइरहेको सिटी एक्सप्रेसले समस्त नेपालीको महान चाड दशैँ, तिहार र छठ्लाइ लक्षित गर्दै आफ्ना उपभोक्ताहरु संग पर्वको खुशी साट्न लगातार ९० दिन सम्म चल्ने “उत्सव एक्स्प्रेस” उपहार योजना घोषणा गरेको छ ।

सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी सर्ट र किरिङ उपहार स्वरूप जित्न सक्नेछन् । त्यसैगरी साप्ताहिक रुपमा एकजना विजेताले ओप्पो मोबाइल र हरेक महिना लक्कीड्रमा विजयी हुने एकजनालाई एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरिने छ ।

उपहार योजनाको अन्त्यमा एकजना भाग्यशाली विजेताले बम्पर उपहारका रुपमा रेनोल्टको क्विड आर.एक्स.एल. कार जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारकालागि सहभागी हुने जानकारी दिएको छ ।

कम्पनीका अनुसार यो “उत्सव एक्स्प्रेस” अफर भाद्र १८ गते देखि मंसिर १५ गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ ।

यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि व्यक्तिलाई लागु हुनेछैन ।