पु.समाचार

निर्वाचन आयोगको प्रवक्तामा नवराज ढकाल

निर्वाचन आयोगको प्रवक्ताको जिम्मेवारीमा सहसचिव नवराज ढकालले नियुत्त भएका छन् ।

प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका सहसचिव तथा प्रवक्ता सूर्यप्रसाद शर्माले भदौ १४ गतेबाट अवकास पाएका हुन् । शर्माले उमेर हदका कारण अवकाश पाएपछि ढकालले प्रवक्ताको जिम्मेवारी सम्हाल्न सुरुगरेको सञ्चार व्यवस्थापन इकाईका सदस्य नारद गौतमले जानकारी दिए ।
ढकालले यस भन्दा अगाडी पनि निर्वाचन आयोगमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए ।