शिक्षा

दृष्टिविहीन विद्यार्थीले पाए कम्प्युटर

दमक । झापाको दमक–८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले दृष्टिविहीन विद्यार्थीलाई सेतो छडीसहित एक थान कम्प्युटर सहयोग दिएको छ ।

सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो संस्थाबाट दमकको सरस्वती माविमा अध्ययनरत दृष्टिविहीनका लागि एक थान कम्प्युटर र छडी प्रदान गरिएको संस्थाका अध्यक्ष रवि केसीले जानकारी दिए ।

संस्थाले दृष्टिविहीनको क्षमता अभिवृद्धि गर्न ती शैक्षिक सामग्री प्रदान गरिएको अध्यक्ष केसी बताउछन् । संस्थाको आठौँ वार्षिक साधारणसभाका अवसर पारेर बिहीबार ती सामग्री हस्तान्तरण गरिएको थियो ।

यसैबीच, संस्थाले गत आर्थिक वर्ष २०७३/७४ मा कुल निक्षेपतर्फ तीन अर्ब ८७ करोड ७६ लाख दुई हजार रहेको जनाएको छ । सोही वर्ष संस्थाले रु ७३ करोड ६४ लाख १३ हजार १९७ ऋण लगानी र रु ६४ करोड ८० लाख १६ हजार ९९४ असुली गरिएको जनाएको छ ।

यस्तै, संस्थाले गएको वर्ष मात्र विभिन्न करमार्फत सरकारलाई कुल रु ४७ लाख ४६ हजार ४८७ बुझाएको पनि प्रतिवेदनमा जनाइएको छ ।