पु.समाचार

नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो, एकतर्फी रुपमा सवारी सुचारु

चितवन । अविरल वर्षाका कारण भासिएको नारायणगढ–मुग्लिन सडक बिहीबार राती अबेर खुलेको छ । सडकमार्ग खुलेपनि यातायात सुचारु हुन नसक्दा सो सडकखण्डमा सवारी जाम बढेको छ ।

बुधबारदेखि परेको अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डको सडक बगेको थियो । बिहीबार अबेर सडक सुचारु भएपनि सवारी साधन आवतजावत हुन नसक्दा समस्या आइपरेको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

सडक भासिएको ठाउँमा एकतर्फी भित्तो काटेर सडक सुचारु गरिएको र दुईतर्फी बाटो खुलाउन समस्या परेको जनाइएको छ ।

पहिरो गएको ठाउँमा वान वे जस्तै भएकोले सवारी कट्नै समय लागिरहेको, नारायणगढ–मुग्लिन सडक आयोजनाका एक कर्मचारीले बताए । सवारी जामका कारण मुग्लिन भएर पोखरा हुँदै काठमाण्डौ आउने र काठमाण्डौबाट गएका यात्रु र सवारी साधन निकै समस्यामा परेको जनाइएको छ ।