राजनीति

कांग्रेस सांसदहरु किन एक्कासि पछि हटे ? यसो भन्छन् आनन्दप्रसाद ढुंगाना !

काठमाण्डौ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा भ्रष्ट भनेर यसअघि प्रमाणित व्यक्तिले पनि सजाय काटेपछि उमेदवारी दिन पाउने व्यवस्थाको माग गरी दर्ता गराएको संशोधन विधेयकबाट कांग्रेसका सांसदहरु पछि हट्ने भएका छन् ।

अब राज्य व्यवस्था समितिमा अड्किएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यसम्बन्धी विधेयक शुक्रबार टुंगो लाग्ने सम्भावना छ ।

कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाका अनुसार भ्रष्टचारीलाई राजनीतिमा ल्याउनुपर्ने कांग्रेसको धारणा नभएको र अहिलेको यो विषयमा जोडिएको संशोधन पनि कांग्रेसको होइन । उनका अनुसार यो संशोधन केही सांसदले दर्ता गराएकोले यसमा कांग्रेसलाई मुछ्न मिल्दैन ।