खेलकुद

कराँते डो संघको विशेष प्रशिक्षण सम्पन्न

काठमाण्डौ । नेपाल क्वान मुकान कराँते डो संघको आयोजनामा खेलाडीहरुलाई दिइएको एक हप्ते विशेष प्रशिक्षण कार्यक्रम बिहिबार सम्पन्न भएको छ । काठमाण्डौको अनामनगरमा सञ्चालन भइरहेको करातेका खेलाडीहरुलाई स्पेनका प्रशिक्षक म्युकेल पन्चद्वारा विशेष प्रशिक्षण दिइएको हो ।

करिब एक हप्ताको प्रशिक्षण कार्यक्रम सम्पन्न भएपछि प्रशिक्षक म्युकेल पन्चलाई मायाको चिनो प्रदान गरी बिधाइ गरिएको हो ।
कराँते डो संघका कोच मकर बा. श्रेष्ठले भने, ”स्पेनका प्रशिक्षक म्युकेल पन्चले खेलाडीहरुलाई थप प्रशिक्षण दिएर नेपाली खेल क्षेत्रमै ठूलो योगदान गरेका छन्, उनको योगदानलाई आफ्नो संस्था मात्र नभएर सम्पुर्ण खेल क्षेत्रले नै सम्झने छ ।”

अमेरीकामा केन्द्रीय कार्यलय रहेको उक्त डो संघको २ सय चारवटा विभिन्न देशहरुमा संघ संस्था छन् भने उक्त संस्था नेपालमा २०५७ सालमा स्थापना भएको हो ।