पु.समाचार

एकैदिन तीन ठाउँमा सुनचाँदीका गरगहना देखी भाँडावर्तनसमेत चोरी

राजविराज । सप्तरीको खडक नगरपालिका–९ र १० मा गएराति एकैचोटि तीन ठाउँमा चोरी भएको छ ।

सोही नगरपालिकाको इनवा फुलबडियाका रामाकान्त चौधरीको घर र लालपट्टि टोलका इबराहिम तथा हरि चौधरीको घरमा शृंखलाबद्धरुपमा चोरी भएको स्थानीयवासी वीरेन्द्र साहले जानकारी दिए ।

चोरले उनीहरुको घरमा रहेको नगद जिन्सीसहित सुनचाँदीका गरगहना र भाँडावर्तन गरी रु १० लाख मूल्य बराबरको सामान चोरी भएको पीडितले बताएका छन् ।

सो क्षेत्रमा दुई महिनादेखि लालपुर, बरहा बनौली, फुलबडियासहितका गाउँमा चोरी गर्ने चोर सक्रिय रहेको बताइएको छ ।

चोरी गर्ने समूहको खोजी भइरहेको इप्रका कल्याणपुरले जनाएको छ ।