देश

२५० जना काँग्रेस एमालेमा प्रवेश गर्दा पनि देउवा किन मौन !

काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाका नेपाली कांग्रेसका युवा नेता दोर्जे लामासहित दुईसय पचासजना नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
नेकपा (एमाले) पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाल तरुण दलका जिल्ला अध्यक्ष दोर्जे लामासँगै जिल्लाका तत्कालीन तातोपानी गाविसमा दुई पटक अध्यक्ष जितेका अमृत खड्का, कांग्रेसका क्षेत्रीय सदस्य विष्णु श्रेष्ठसहित २५० भन्दा बढी नेपाली कांग्रेस कार्यकर्ता आज एमाले प्रवेश गरेका हुन् ।

पार्टीका उपाध्यक्ष वामदेव गौतमले टीका र माला लगाएर औपचारिकरुपमा पार्टीमा प्रवेश गराउँदै एमालले उचित जिम्मेवारी दिने र एमालेमा आउँदा कुनै पनि पश्चाताप गर्न पर्ने तरिकाले काम गर्ने बताए । सो अवसरमा उपाध्यक्ष गौतम, सचिव योगेश भट्टराई, एमाले नेताहरू अमृत बोहरा, शेरबहादुर तामाङलगायतले उनीहरुलाई स्वागत गरेका थिए।

दोर्जे लामा तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले कम्न्युष्टहरुसंग साँठगाठ भएको आरोपमा केहि हप्ता अगाडी कारबाही गरिसकेका पूर्ब काँग्रे हुन् ।

जे भएपनि दर्जनौ काँग्रेसहरुले पार्टी छाडेर गएपनि नेतृत्व भने मौन छ । प्रधानमन्त्री समेत काँग्रेसको भएको अवस्थामा पार्टी सभापति देउवाले खासै भूमिका खेलेको देखिएन ।