पु.समाचार

साना किसान विकास बैंकको प्रमुख कार्यकारीमा डा कोइराला

काठमाडौँ । साना किसान विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा डा शिवरामप्रसाद कोइराला नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समितिको आजको बैठकले चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा डा कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

व्यवस्थापनमा स्नातकोत्तर एवं बैंकिङको वित्तीय दिगोपनामा विद्यावारिधि गरेका डा कोइरालाले कृषि विकास बैंकमा २७ वर्ष सेवा गरेका थिए । उनी वित्तीय दिगो विकास एवं लघुवित्तका ज्ञाता पनि मानिन्छन् ।