पु.समाचार

डिलासैनी गाउँपालिका मदिरा निषेधित क्षेत्र घोषणा

बैतडी । डिलासैनी गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ ।

मदिराले समाजमा विकृृति बढेको भन्दै महिला, बालबालिकालगायत विभिन्न सरोकारवालाले आवाज उठाएपछि गाउँपालिकालाई मदिरा निशेषेधित क्षेत्र घोषणा गरिएको स्थानीय सम्भु भट्टले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष ओकेन्द्र्र बोहराको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाका सबै वडामा मदिरा बेचबिखन र सेवन गर्न नदिने निर्णय गरेको छ । गाउँपालिकाभित्र अनुमति पत्र लिएर सञ्चालनमा ल्याएका मदिरा पसलसमेत असोज महिनाभित्रमा बन्द गर्ने निर्णय गरेको छ ।

गाउँपालिकालाई मदिरा निशेधित क्षेत्र घोषणा गरिसकेपछि अब गाउँपालिका मदिरा बेचबिखन गर्न, सेवन गर्न र ओसारपसार गर्न पाइने छैन । मदिरा बेचबिखन, सेवन तथा ओसारपसार गरेको पाइएमा कारबाही गरिने अध्यक्ष बोहराले बताए ।