देश

डा. शेखरले भने, ‘गृहमन्त्री जनार्दन शर्माले यसरी प्रहरी फोर्सलाई तहसनहस पार्दैछन्’

काभ्रे । नेपाली काँग्रेसका प्रभाबशाली केन्द्रीय सदस्य डा शेखर कोईरालाले गृहमन्त्रीले आफ्नो सूरक्षा सल्लाहकारको सचिवालय मन्त्रालयको सट्टा प्रहरी प्रधान कार्यलयमा राखेर प्रहरी फोर्सभित्र बिखण्डन ल्याउँन र प्रहरीभित्र दोहोरो शासन संचालन गर्न लागेको बताएका छन्।

बाढीपीडितको उद्दारको लागी खटिएर काठमाण्डौकोकार्यक्रममा भाग लिएका डा.कोईरालाले गृहमन्त्रीले आफ्नो सूरक्षा सल्लाहकार राख्ने बहानामा प्रहरी प्रशासनमा अराजकता पैदा गर्न लागेको भन्दै उक्त कुराको बिरोध जनाएका छन्।

महिला संघ बनेपा नगर समितिले मंगलादेवी सिंहको २१औं स्मृति दिवसको अवसरमा काभ्रेको बनेपामा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै डा कोईरालाले शिर्ष नेताहरूका बिचमा गुटबन्दी र भागबण्डाको राजनीति हावी भएकाले काँग्रेस कमजोर भएको बताए।
नेता कोईरालाले राष्ट्रिय राजनीतिमा काँग्रेस कमजोर भएको फाईदा एमाले र माओबादीले उठाउँन थालेको बताउदै नेतृत्वले काँग्रेसलाई माथी उठाउनेगरी भूमिका खेल्नुपर्ने धारणा ब्यक्त गरे।

उक्त कार्यक्रममा नेपाली काँग्रेस काभ्रेका सभापती मधू आचार्य, पूर्वसभापती शिब हूमागाईँ, काभ्रे काँग्रेसका नेताहरू( ईन्द्रमणी अधिकारी, कुमार लामिछाने, अच्यूत पौडेल, दिनेश लामा, रमेश हूमागाईँ, नेत्रीहरू, रूक्मणीराज भण्डारी, लक्ष्मी खतिवडा, बिनिता अधिकारी, नेबिसंघ सहमहानन्त्री माधव ढकाल, नेबिसंघ केन्द्रिय सदस्यहरू भोला नेपाल, कल्पना खड्का, सूनिता पोख्रेल लगायतले मन्तब्य राखेका थिए।