सूचना प्रविधि

प्रत्येक एचटिसी फोनको खरिदमा चाँदीको सिक्का निशुल्क

काठमाण्डौ । नेपालका लागि एचटिसी स्मार्टफोनको एक मात्र आधिकारिक बितरक जेनेरेशन नेक्स्ट कम्यूनिकेसन्स प्रालिले एचटिसी डिजायर ६५०, एचटिसी डिजायर १० प्रो तथा एचटिसी यु ११ बजारमा सार्वजनिक गरेको छ ।

एचटिसी डिजायर ६५० को मूल्य रु.१७,८२५/–, एचटिसी डिजायर १० प्रो को मूल्य रु.२९,९००/–तथा एचटिसी यु ११ को मूल्य रु.७९,९९९/–तोकिएको छ । एचटिसी डिजायर ६५०निलो रंगमा उपलब्ध हुनेछ भने एचटिसी डिजायर १० प्रो गोल्डेन ब्ल्याक रंगमा उपलब्ध हुनेछ । त्यस्तै, एचटिसी यु ११ ब्ल्याक र रेड कलर अप्सनमा उपलब्ध छ । दशैं र तिहारको अवसरमा ग्राहकहरुले प्रतेक एचटिसी फोनहरुको खरिदमा चाँदीको सिक्का निशुल्क प्राप्त गर्नेछन् ।

एचटिसी डिजायर ६५०
एचटिसीको डिजायर ६५०सिरिज सन् २०१७ मा शुरु भएको हो, जसमा नयाँ डिजाईन र सुविधाहरु राखिएको छ । यसको मुख्य विशेषता भनेको ५.० इन्चको आईपिएस एलसीडी क्यपासीटीभ टचस्क्रिन हो, यसमा क्वाड कोर १.६ गीगाहर्ज, ३२ जीबीको रोम र ३ जीबीको र्याम, दुई सिम लाग्ने, १३ मेगापिक्सेलको मुख्य क्यामरा, ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा, झिक्न नमिल्ने ननरिमुभवेल ३००० एमएएचको ब्याट्री, जीयो ट्यागिङ, टच फोकस, फेस डिटेक्सन, पानोरामा तथा मार्शमाल्लो अपरेटिङ सिस्टम राखिएको छ ।

एचटिसी डिजायर १०
यो फोनमा १.८ गीगाहर्जको अक्टा कोर प्रोसेसर युक्त रहेको छ, भने यसमा ४ जीबीको र्याम राखिएको छ । फोनमा आन्तरिक स्टोरेज ६४ जीबीको छ भने फोटोका लागि २० मेगापिक्सेलको मुख्य क्यामरा तथा १३ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । एचटिसी डिजायर १० मा दुई सिम प्रयोग हुन्छ भने ननरिमुभवेल ३००० एमएएचको ब्याट्री, जीयो ट्यागिङ, टच फोकस, फेस डिटेक्सन, एचडिआर, पानोरामा, फिंगर प्रिन्ट तथा एन्टि सेक युक्त छ ।

एचटिसी यू ११
यो फोन ५.५ इन्चको सूपर एलसिडी क्यापासिटिभ टच स्क्रीन डिस्प्ले युक्त रहेको छ । फोनमा अक्टा कोर प्रोसेसर युक्त रहेको छ, भने ६ जीबीको र्याम १२८ जीबीको आन्तरिक स्टोरेज रहेको छ । क्यामराको कुरा गर्दा, एचटिसी यू ११ मा १६ मेगापिक्सेलको मुख्य क्यामरा, १२ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यो फोन ७.१ भर्सनको एन्ड्रोयड अपरेटिंग सिस्टममा आधारित रहेको छ भने ३,००० एमएएचको ब्याट्री पावर रहेको छ । एचटिसी यू ११ नूगटको फिचर सहित आउँछ भने यसमा स्न्यापड्रागन ८३५, जीयो ट्यागिङ, टच फोकस, फेस डिटेक्सन, एचडिआर र पानोरामा रहेको छ ।

सक्कली भ्याटबिल लिन तथा एचटिसीका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र एचटिसीका उत्पादनहरु खरिद गर्न अनुरोध गर्दछौं । हामी ग्राहकहरुलाई उत्पादन खरिदमा सक्कली बिल मात्र लिन अनुरोध गर्दछौं । एचटिसी आधिकारिक स्टोरहरु बाट किन्दा जेननेक्स्टको होलोग्राम बक्समा हेर्नुहोस् ।
खरिद गरेको एचटिसीका उत्पादनहरु आधिकारिक हुन वा होइनन् थाहा पाउनका लागि ग्राहकले यो वेबसाइट लिंक (www.gnextcom.com/check-service-tag) मा गएर एचटिसीको सिरियल नम्बर अथवा आईएमईआई नम्बर राखेर जाँच गर्न सक्नेछन् ।
सबै ग्राहकले कृपया सक्कली उत्पादनहरुका लागि मात्र रकम खर्च गर्नुहोस् र स्ट्याण्डर्ड वारेन्टी प्राप्त गरेर खरिद गर्दा सतर्कता अपनाउनुहोस् साथै सुनिश्चित हुनुहोस् भन्ने हाम्रो आग्रह रहेको छ । ग्रे फोनहरु अनधिकृत रुपमा देश भित्र आयात हुने गरेका छन् र ती उच्च मुल्यका हुन्छन । त्यस्ता फोनहरुको कुनै वारेण्टी हुँदैन र फोन भित्रका विभिन्न पार्टहरु पनि न्यून गुणस्तरका सामाग्रीहरु राखेर फेरिएका हुन्छन् । खरिदकर्ताहरुलाई अनुरोध छ की सक्कली उत्पादनहरु मात्र खरिद गरौं र अनधिकृत रुपमा आउने सामाग्रीहरुबाट टाढै रहौं ।
कृपया अनधिकृत रुपमा आयातित फोनहरु खरिद नगरौं नेपाल दूरसंचार प्राधिकरणले (एनटिए) त्यस्ता फोनहरु कुनै पनि बेला ब्लक गर्न सक्दछ भने फोन कलको गुणस्तर पनि न्यू्न हुन्छ । बितरकहरुले आयात गर्नुभन्दा पहिले नै एनटिएलाई बुझाएको आईएमईआई नम्बर दर्ता भएका फोनहरुले मात्र काम गर्नेछन् ।