आर्थिक

सिभिल बैंकद्वारा नाडा अटो शोमा लोन सुविधा

काठमाण्डौ । सिभिल बैंकले नाडा अटो शोमा आउने सबै ग्राहकहरुलाई पूर्व स्वीकृत अटो लोन सुविधा प्रदान गर्ने भएको छ ।

साथै बैंकले आफ्नो बेस रेटमा शुन्य प्रतिशत प्रिमियम जोडी बेस रेटमानै सो अटो लोन सुविधा प्रदान गर्न लागेको हो । अब ग्राहकहरुले आफ्नो छनौटको गाडी चढ्दा ऋण पाउने हो की होईन भन्ने अन्यौलताबाट मुक्ति पाउन यो योजना प्रदान गरिएको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले बताए ।

यो योजना सिमित अवधिको लागी प्रदान गरिने कुरा बैंकले जनाएको छ ।