स्वास्थ्य

भाइरल ज्वरोले बिरामी तेब्बर, यस्तो छ यो बाट बच्ने उपाए !!

अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो समयमा भाइरल ज्वरोका बिरामीको संख्या ह्वातै बढेको छ ।

जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ । भाइरल ज्वरोका बिरामीको संख्यामा पछिल्लो एक हप्तामा तेब्बरले वृद्धि भएको जिल्ला अस्पतालले जनाएको छ ।

हाल दैनिकरुपमा जिल्ला अस्पतालको ओपिडीमा १२० देखि १५० भन्दा बढी र इमर्जेन्सीमा दैनिक ५० देखि ७० जना गरी २०० देखि २२० जना भाइरलका बिरामी अस्पतालमा आउने गरेको जिल्ला अस्पतालका डा जगन्नाथ तिवारीले बताए । १५ श्ययाको जिल्ला अस्पतालमा भुईंमा तथा बेन्चमा गरी ४० जनाको भर्ना गरेर उपचार गरिरहेको उनको भनाइ छ ।

जिल्ला अस्पताल सँगसँगै, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र गाउँगाउँमा रहेका निजी क्लिनिकमा विशेष गरी भाइरल ज्वरोका बिरामी धेरै रहेका छन् ।

अहिले देखिएको समस्या मौसमी भएको भन्दै डा तिवारीले मास्क लगाएर हिँड्न, साबुन पानीले हात धुन र भीडभाडमा नजान आग्रह गरेका छन् । भाइरलको शंका लागेमा स्वास्थ्य संस्थामा पुगेर उपचार गर्न, तातो र झोल वस्तु खान र आराम गर्न उनले सुझाव दिएका छन् ।

वर्षापछिको वातावरणसँगै दूषित पानीले स्वास्थ्य समस्या निम्त्याएको भन्दै तिवारीले स्वास्थ्यमा खेलबाड नगर्न बिरामीलाई आग्रह गरे ।

भाइरल ज्वरो बाट बच्ने उपाए यस प्रकार छन् :-

१. वाधा सुरक्षाको प्रयोग : कुनै कार्य गर्नु वा धर बाहिर निस्कनु अघि शरिरमा भएको घाउ वा अन्य चोटलाई मज्जाले छोप्नुहोस् ।

२. ग्लोब्सको प्रयोग : तरल पदार्थ, दुषित वस्तु तथा अन्य फोहोरहरु ग्लोेब्स लगाएर मात्र समात्नु होला ।

३. माक्स तथा उच्चपदाधिकारीहरुले लाउने पोशाकको प्रयोग गर्नुहोस् ।

४. सावधानि अप्नाउनुहोस् : धारीलो वस्तु, सियो, सुहि र अन्य फोहोर समाउदा सावधान रहनुहोस् ।

५. दुषित सामाग्रिहरु हटाउनुहोस् : वातावरण प्रतिको खतरा हटाउने प्रक्रियाको पछि लाग्नुहोस् ।

६. सुगरसफा : कम्तिमा २० सेकेण्डसम्म साबुन प्रयोग गरेर हात धुनुहोस् र तातो पानिमा कपडा धुनुहोस् ।