आर्थिक

बिबादमा आईरहने ब्यापारिक घराना दुगढ ग्रुुप पुनः यसरी पर्यो प्रहरी फन्दामा

काठमाण्डौ । दुगढ ग्रुपको काठमाण्डौस्थीत फ्रुटी गोदाममा प्रहरीले ताल्चा लगाएको छ । म्याद नाघेको बस्तु प्रयोग गरी फ्रुटी बनाईएको सूचनाका आधारमा प्रहरीले छापा मार्दा उक्त गैरकानुनी कृयाकलाप गरेको भेटिएपछि प्रहरीले ताला लगाएको हो ।

तीन बर्ष अगाडी पनि यस्तै घटनामा प्रहरीले २ लाख भन्दा बढी मूल्य पर्ने फ्रुटी नष्ट गरेको थियो ।

भूकम्पका बेला तोरीको तेलमा कालोबजारी गरेकोमा प्रहरीको गतिलो कारबाहीमा परेको दुगड ग्रुुप पटक पटक बिबादमा आईरहने ब्यापारिक घरनामा पर्न थालेको छ ।