आर्थिक

सरकारी कर्मचारीको जथाभावी विदेश भ्रमणः १९ करोड सकियो !

काठमाण्डौ । सरकारी अधिकारीले जथाभावी विदेश भ्रमण गर्दा गत बर्ष राज्य ढुकुटीको १९ करोड रुपैयाँ खर्च भएको छ । राजनीतिक र प्रशासनिक ब्यक्तिहरुले बजेटमा समावेश नै नभएको कार्यक्रममा वैदेशिकभ्रमण गर्दा १८ करोड ९९ लाख ३० हजार रुपैयाँ खर्च भएको हो ।

अर्थ मनत्रालय सेतका अनुसार २० मन्त्रालय, मानव अधिकार आयोग, कानुन आयोग, सर्वोच्च अदालत र ब्यवस्थापिका संसद्का अधिकारीहरु बजेट बाहिरको कार्यक्रममा भ्रमण गर्दा उक्र रकम सकिएको हो ।

विदेश भ्रमणमा निजामती कर्मचारीले ३ करोड ४१ लाख ८५ हजार रुपैयाँ सकेका हुन् ।  मंगलबारको कान्तिपुरमा लेखिएको छ, १५ करोड ५७ लाख ४९ हजार रुपैयाँ भने राजनीतिक ब्यक्तिहरुको भ्रमणमा खर्च भएको हो ।