पु.समाचार

फ्रुटी जुस बनाउने कच्चा पदार्थनै मिति गुज्रिएको भेटिएपछि…!

काठमाण्डौ । दुगड फ्रुट एनड वेभरेज प्रालिको सतुंगलस्थित कम्पनीमा महानगरीय अपराध महाशाखाले छापा मारेको छ ।

कम्पनीले उत्पादन गर्ने फ्रुटी जुस बनाउन प्रयोग गरिने पदार्थ टाटापुरी म्याङ्गो पल्प मिति गुज्रेको भेटिएपछि महाशाखाले छापा मारेको हो ।

मंगलबारको कान्तिपुरमा लेखिएको छ, महाशाखाका अनुसार दुई बर्षअघि नै म्याद गुज्रिएको कच्चा पदार्थको प्रयोग गरेर कम्पनीले फ्रुटी जुस उत्पादन गरिरहेको थियो ।