उर्जा

झोले हाईड्रो पावर यसरी खारेज गर्छु भन्छन् उर्जामन्त्री, गफमात्र हो कि काम पनि हुन्छ

नेपालगञ्ज । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले झोलामा अनुमतिपत्र बोकेर विद्युत्को व्यापार गर्नेको अनुमतिपत्र खारेज गरिने बताएका छन् ।

प्रेस सेन्टर बाँकेद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भारतबाट आयात गरेर विद्युत् बाँड्ने काम मात्र मन्त्रालयले नगर्ने स्पष्ट पार्दै नेपालमा विद्युत् उत्पादन बढाउन गृहकार्यसमेत थालिएको जानकारी दिए।

मन्त्री शाहीले नेपालमा बिजुली उत्पादनका लागि अहिले नेपाली र विदेशी व्यक्ति तथा कम्पनी खोलाको अनुमतिपत्र लिएर झोले व्यापार गर्दै हिँडिरहेकाले अब त्यसखाले कार्यलाई तत्काल अङ्कुश लगाइनेमा जोड दिएका छन् । उनको थप भनाइ थियो, ‘वर्षौंसम्म एक प्रतिशत काम पनि नगर्ने कम्पनीलाई १० दिनभित्र कार्य प्रगति विवरणसहित मन्त्रालयको सम्पर्कमा आउन भनिएको छ कुनै कम्पनीले अटेर गरेमा त्यस्ता कम्पनीको अनुमतिपत्र खारेज गरिने चेतावनी दिए ।

शाही भन्दा अगाडीका उर्जामन्त्रीहरुले खारेज गर्ने भनेपनि गफमा मात्र सीमित भएपनि मनत्री शाहीको कार्यकाल भने हेर्न बाँकी नै छ ।