स्वास्थ्य

एकाएक भाइरल ज्वरोका बिरामी ह्वात्तै बढे, यस्तो छ यो बाट बच्ने उपाए !!

पर्वत । केही दिनयता जिल्ला अस्पताल पर्वतमा भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ ।

अहिले जिल्ला अस्पताल पर्वतमा दैनिक १२० जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । अन्य समयमा ४० देखि ५० जनासम्म बिरामी आउने अस्पतालमा विगत दुई सातादेखि अस्पताल आउने बिरामीको संख्यामा तेब्बरले वृद्धि भएको छ ।

अस्पताल आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरोका बिरामी रहेका छन् । स्वास्थ्य कार्यालयअनुसार भाइरल ज्वरोको प्रकोप बढी मात्रामा बालबालिकामा देखिएको छ । बालबालिकासँगै एकै घरबाट चार पाँच जना बिरामी उपचारका लागि अस्पताल आउने गरेको जिल्ला अस्पताल पर्वतका प्रमुख डा वुद्धिबहादुर थापाले जानकारी दिए । वृद्धवृद्धामा समेत यसको संक्रमण देखिएको छ ।

भाइरल ज्वरो बाट बच्न यस्तो उपाए अप्नाउनुहोस्

१. वाधा सुरक्षाको प्रयोग : कुनै कार्य गर्नु वा धर बाहिर निस्कनु अघि शरिरमा भएको घाउ वा अन्य चोटलाई मज्जाले छोप्नुहोस् ।

२. ग्लोब्सको प्रयोग : तरल पदार्थ, दुषित वस्तु तथा अन्य फोहोरहरु ग्लोेब्स लगाएर मात्र समात्नु होला ।

३. माक्स तथा उच्चपदाधिकारीहरुले लाउने पोशाकको प्रयोग गर्नुहोस् ।

४. सावधानि अप्नाउनुहोस् : धारीलो वस्तु, सियो, सुहि र अन्य फोहोर समाउदा सावधान रहनुहोस् ।

५. दुषित सामाग्रिहरु हटाउनुहोस् : वातावरण प्रतिको खतरा हटाउने प्रक्रियाको पछि लाग्नुहोस् ।

६. सुगरसफा : कम्तिमा २० सेकेण्डसम्म साबुन प्रयोग गरेर हात धुनुहोस् र तातो पानिमा कपडा धुनुहोस् ।

 

दूषित पानी र प्रदूषित हावाहुरीका कारण पनि भाइरल ज्वरोको प्रकोप बढेको हुनसक्ने अस्पतालका डा थापाले जानकारी दिए । यसबाट बच्न दूषित खानेपानी प्रयोग नगर्न र कुनै कारणवस संक्रमण देखिएमा तत्काल उपचारको विधि अपनाउन डा थापाको सुझाव छ ।

१५ श्ययाको क्षमता रहेको अस्पतालमा अहिले वैकल्पिक श्ययाको व्यवस्था गरेर बिरामी भर्ना गरिएको छ । गाउँ/गाउँमा पनि भाइरल ज्वरोका बिरामीको संख्या बढेको जानकारी आएपछि प्रत्येक स्वास्थ्य चौकीमा पर्याप्त औषधि र स्वास्थ्यकर्मीलाई चौबिसै घण्टा खटिन निर्देशन दिइको छ ।

जिल्लाका अन्य निजी स्वास्थ्य क्लिनिकमासमेत भाइरल ज्वरोका बिरामीको संख्या बढेको जनाएको छ ।