आर्थिक

आईएमइले दशैं-तिहार-छठका लागी यस्तो गर्यो योजना सार्वजनिक

काठमाण्डौ । आईएमईको दशैं तिहारर छठयोजना सार्वजनिकआईएमईको दशैं तिहारर छठयोजना सार्वजनिक काठमाडौं । स्थापनादेखि नै चाडवाडलाई लक्षित गरी विभिन्न सेवाग्राहीमूखी प्रवद्र्धनात्मक क्रियाकलाप संचालन गर्दै आईरहेकोआईएमईले यसपटकको दशैं, तिहार र छठपर्वलाई लक्षित गरी ‘आईएमई छक्का–पञ्जा’ अफर सार्वजनिक गरेको छ । भाद्र १२ गतेदेखि मंसिर ३ गतेसम्म १२ हप्ता संचालनहुने सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी हुन सक्ने आईएमईले जनाएको छ ।

योजना अन्तर्गत योजना अवधिभर दैनिक लक्की ड्रबाट छनौट हुने ६० जनालाई १०० रुपैँया बराबरको आईएमई पे क्यास, हरेक पन्ध्र÷पन्ध्र दिनमा १÷१ जना भाग्यशाली सेवाग्राहीलाई ६ लाखको जीवन बीमा र हरेक छ÷छहप्तामा १÷१ जना भाग्यशाली सेवाग्राहीलाई १० लाख रुपैँया नगद प्रदान गरिनेछ । यस योजना अन्तर्गत अन्तर्राष्ट्रिय÷आन्तरिक कारोबारको हकमा पैसा पठाउनुहुने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा विजेता छानिनेछन् ।

अन्तर्राष्ट्रिय कारोबारको हकमा विजेताले इच्छाएको नेपालमा बस्नुहुने आफन्तलाई पुरस्कार प्रदान गरिनेछ ।यस योजनामा आईएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुनसक्नुहुनेछ । यद्यपी, आईएमईमा कार्यरत कर्मचारी, संस्थापक, एजेन्ट संचालक तथा आईएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैनन् ।

जीवन बीमा प्राप्त गर्ने विजेताले सम्बन्धित बीमा कम्पनीद्वारा निर्धारित नियम तथा शर्तहरु पालना गर्नुपर्नेछ ।आईएमईका जुनसुकै एजेन्ट संजालमार्फत् रेमिटेन्स कारोबार गरेका भौचर कपी योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ ।नेपाल सरकारको नियमानुसार लाग्ने कर सेवाग्राहीले उपहार ग्रहण गर्नुपूर्व नै भुक्तान गर्नुपर्नेछ ।योजनाको सर्वाधिकार यस कम्पनीमा निहित हुनेछ ।