राजनीति

चुनावमा कांग्रेसका लागि देखियो शुभ संकेत, देउवा भारतबाट फर्किएलगत्तै खुल्यो यस्तो रहस्य !

काठमाण्डौ । दुई नम्बर प्रदेशमा हुने स्थानीय तहको चुनाव नजिकै गर्दा ठूला राजनीतिक दलहरु सो क्षेत्रमा केन्द्रीत हुन थालेका छन् ।  मुलुकका ठूला राजनीतिक दलहरु दुई नम्बर प्रदेशको चुनावमा केन्द्रीत भैरहँदा प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर आइतबार साँझ काठमाण्डौ आइपुगेका छन् ।

नेपाली कांग्रेस,नेकपा एमाले,माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी दुई नम्बर प्रदेशका कडा प्रतिस्पर्धामा उत्रिन थालेका दलहरु हुन् ।  यी दलहरुले दुई नम्बर प्रदेशमा आ–आफ्नै ढंगले मतपरिणामको आंकलन गरिरहेका छन् । नेपाली कांग्रेसले सो क्षेत्रमा एक सयभन्दा बढी सिट ल्याएर पहिलो हुने दाबी गरिरहेको छ भने नेकपा एमालेले नब्बे भन्दा बढी सिट ल्याएर प्रथम हुने दाबी गरिरहेको छ ।

त्यस्तै, संघीय समाजवादी फोरमले पनि दुई नम्बर क्षेत्रमा आफुले सबैभन्दा बढी मतपरिणाम ल्याउने दाबी गरिरहेको छ । माओवादी केन्द्र र राजपाको पनि उस्तै दाबी छ । यद्यपि, माओवादी केन्द्रले भने सो क्षेत्रमा पहिलो हुन नसकेपनि राम्रो मत झार्ने कोसिस गरिरहेको बताएको छ ।

सवै दलहरुको आ–आफ्नै खालको दाबी भइरहँदा दुई नम्बर प्रदेशमा कुन दलले राम्रो मतपरिणाम ल्याउन सक्ला अहिले नै भन्न सकिने स्थिति छैन ।  तैपनि केही यस्ता संकेतहरु देखिन थालेका छन् । जसले सो प्रदेशमा कुन दल अघि आउछ भन्ने कुराको आंकलन गर्न सकिन्छ । राष्ट्रिय राजनीति र कुटनीतिक परिवेशले सो कुराको संकेत दिन थालेको छ ।

दुई नम्बर प्रदेश मात्र होइन आगामी प्रदेश र प्रतिनिधिसभा चुनावमा समेत कुन दललाई अघिद्द ल्याउने भन्ने विषयमा नयाँ परिदृष्यहरु देखिने संकेतहरु देखिएका छन् ।  त्यो कुराको पुष्टि प्रधानमन्त्री देउवाको भारत भ्रमण र त्यहाँ भएका आन्तारिक सहमतिहरुले गरेका छन् ।

वास्तवमा भारतले यो पटकको प्रधानमन्त्रीको भ्रमणमार्फत नेपाली कांग्रेसलाई अघि ल्याउनुपर्छ भन्ने सन्देश दिन खोजेको खबरहरु बाहिर आइरहेका छन् ।  एमालेसँग यसअघि देखि निकै टक्कर गरेर आएको भारतले उसलाई साइजमा ल्याउने रणनीति बनाएको बुझिएको छ ।

यस्तो छ प्रधानमन्त्री देउवासँग भारतको भित्री सहमति !
श्रोतहरुका अनुसार प्रधानममन्त्री देउवासँग भारतीय समकक्षी नरेन्द्र मोदीले नेपालको पछिल्लो राजनीतिक परिवेशबारेमा गम्भीर समीक्षात्मक बहस गरेका छन् ।

उनले अब हुने प्रदेश र प्रतिनिधिसभा चुनावसम्म कांग्रेस र माओवादीबीच भएको गठबन्धन जारी राख्न आग्रह गरेका छन् । त्यो गठबन्धनले तत्कालका लागि घाटाजस्तो देखिएपनि दिर्घकालीन रुपमा फाइदा पुग्ने सल्लाह प्रधानमन्त्री देउवालाई दिएको श्रोतको दाबी छ ।
पहिलो र दोश्रो चरणको स्थानीय चुनावमा नेकपा एमालेलाई फाइदा भएजस्तो देखिए पनि तेश्रो चरणको चुनावदेखि एमालेको हबिगत सुरु हुने दुई प्रधानमन्त्रीहरुको निश्कर्ष रहेको बताइएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्मै दुई दलबीचको गठबन्धन जारी राख्न गरेको आग्रह भारतले समेत एमालेका लागि अन्तिम एक्सन लिने कदमको तयारी गरेको श्रोतको दाबी छ ।  त्यतिमात्र होइन दुई प्रधानमन्त्रीहरु बीच अर्को महत्वपूर्ण सहमति समेत भएको बुझिएको छ ।

मुलुकलाई धर्म निरपेक्ष राष्ट्रको रुपमा गरिएको निर्णयबाट केही पछि हट्न सकिने कुरामा उनीहरुबीच सहमति भएको भन्ने खबर आएको छ ।  यसले नेपाली कांग्रेसभित्रको एउटा ठुलो समुहलाई समेत राहत दिन सक्छ र त्यसले कांग्रेसलाई समेत निर्वाचनको तयारीका लागि थप उर्जा प्रदान गर्न सक्ने निश्कर्ष निस्एिको बुझिएको छ ।

यसबाट के पुष्टि हुन्छ भने असोज २ गते हुने स्थानीय तहको चुनाव मात्र होइन, मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा समेत एमालेलाई बढार्ने तयारीमा भारत रहेको र त्यसका लागि एक नम्बर पार्टी कांग्रेसलाई बनाउने योजना रहेको पुष्टि भएको जानकारहरु बताउँछन् ।