खेलकुद

यस्तो छ आइतबार भारतसँग नेपाल हार्नुको भित्री कारण !

काठमाण्डौ । आइतबार भएको यू–१५ फुटबलको प्रतिष्पर्धामा नेपाललाई पराजित गर्दै भारतले जित हासिल गरेको छ । नेपाललाई २–१ ले हराउँदै भारतले जित आफ्नो पोल्टामा पारेको हो ।

भारतले नेपाललाई हराएपछि नेपालको हारबारे विभिन्न कोणबाट बहसहरु भैरहेका छन् । त्यसैले हामीले सो खेलका क्रममा देखिएका दृष्य र कारणबारे केही कुराको रहस्य खोल्ने कोसिस गरेका छौ ।

वास्तवमा आइतबार ललितपुरको एन्फा क्म्प्लेक्समा भएको उक्त खेलको क्रममा ४१ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै नेपालले अग्रता लिएको थियो ।

त्यसलगत्तै डिफेन्समा खेल्न थालेको नेपाल फिनिसिङमा चुक्न पुग्यो । खेलको दोश्रो हाफमा काउन्टर एट्याकको रणनीति बनाएको नेपालले पाएको अवसरलाई सदुपयोग गर्न सकेको थिएन । त्यही रणनीति नेपालका लागि आत्मघाती भएको थियो ।

त्यसपछि नेपाली टोलीको बल पास एक्युरिसीमा देखिएन, त्यसलगत्तै प्रशिक्षक सुनिलकुमारले सर्ट पार्स खेल्न निर्देशन दिएपनि खेलाडीहरुले त्यसो गरेनन्, जसका कारण नेपाल पराजित हुन पुग्यो ।