शिक्षा

शिक्षा दिवस मनाउनका लागि मन्त्रालयले गर्यो यस्तो तयारी

काठमाडौँ । अठतीसौ राष्ट्रिय शिक्षा दिवस र अन्तर्राष्ट्रिय साक्षरता दिवसको आदर्श वाक्य तय गरिएको छ ।आइतबार बसेको दिवस मूल समारोह समितिको बैठकले ‘संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार’ आदर्श वाक्य तय गरिएको शिक्षा मन्त्रालयका सहप्रवक्ता सरस्वती शर्माले जानकारी दिए ।

दिवस मनाउनका लागि मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । आव २०७३/७४ सम्ममा प्रौढ साक्षरता ८० र १५ देखि ५९ वर्षसम्म ८९ प्रतिशत साक्षरता रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । यही भदौ २३ गते उक्त दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।