राजनीति

पूर्वसांसद सिंहको उपचारक्रममा निधन

काठमाडौ। नेकपा एमालेका पूर्व केन्द्रीय सल्लाहकार तथा पूर्वसांसद वीरबहादुर सिंहको ७७ बर्षको उमेरमा आज काठमाडौ मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा निधन भएको छ ।

मिर्गौलामा समस्या देखिएपछि उहाँलाई दुई हप्ताअघि उक्त अस्पतालमा भर्ना गरिएको थियो । विसं १९९७ मंसिर १ गते प्यूठानको लुङमा जन्मनुभएका नेता सिंह २०१५ सालदेखि नेपाल कम्युनिष्ट पार्टीको संगठित सदस्य थिए ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठसँग भारतको बनारसमा लामो सयमसम्म सँगै बस्नुभएका नेता सिंह विभिन्न प्रजातन्त्रिक आन्दोलनमा सरिक थिए ।

उनका तीन छोरा र दुई छोरी छन् । उहाँका छोरा अजय सिंहका अनुसार नेता सिंहको शवलाई अन्तिम श्रद्धाञ्जलिका लागि सोमबार अपराह्न २ बजे पार्टी केन्द्रीय कार्यालय, धुम्रबाराहीमा राखिनेछ र भोलि नै अपरान्ह ४ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।