राजनीति

मंसीरको निर्बाचनमा काँग्रेसले बहुमत ल्याउछ : रामचन्द्र पौडेल

तनहुँ । निर्बाचन बहिस्कार गर्ने शक्तीहरुले मुलुक निर्बाचनमय बनाईरहेकाले कुनैपनि शक्तीले अबको प्रदेश र केन्द्रको निर्बाचन रोक्न नसक्ने बताएका छन् ।

आईतबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले सबै कार्यकर्ताहरुलाई उक्त निर्बाचनको तयारीमा लाग्न आग्रह गर्दै अब मंसीरमा हुने निर्बाचनमा चुनाव बिरोधी शक्तीहरु पनि उत्साहजनक रुपमा भाग लिने दावी गरेका छन् ।

पद र पैसाका लागी हुने राजनीतिक खिचातानीले आर्थिक समृद्धीबाट मुलुक पछाडी हटेको बिचार व्यक्त गर्दै उक्त निर्बाचनपछि संबिधान कार्यान्वयन हुने र त्यसपछि विकास निर्माणका काम तिब्र गतीमा अगाडी बढ्ने दाबी गरेका छन् ।

पार्टी नेतृत्वको आलोचना गर्दै काँग्रेसलाई हाँक्दा हचुवा प्रबृति लादेका कारण स्थानीय तहमा पछिपर्नुपरेको बताउदै संसदीय समिति बनाएर जान नसक्दा उम्मेदवारी चयन भद्रगोल बन्नु, मधेश संवेदनशील अवस्थामा पुग्नु, विभाग नबन्दा पदाधिकारी व्यवस्थित नबन्नु, प्रदेश समिति नबन्दा क्रियाशील सदस्य नहुनुलगायतका कठिनाइ भोग्नुपरेको नेता पौडेलको भनाइ थियो ।

सार्थ उक्त कार्यक्रममा अबको निर्बाचनमा भने एमालेलाई काँग्रेस पहिलेमात्र नभएर बहुमत ल्याउनेगरी टिकट वितरण गर्नुपर्ने धारणा राखेका छन् ।