पु.समाचार

नेविसङ्घद्वारा ६ लाख बराबरको राहत वितरणबेनी

 (म्याग्दी)। नेपाल विद्यार्थी संघ म्याग्दीले रौतहटका वाढीपिडीत १५० घर परिवारलाई करिब ६ लाख रुपैयाँ बराबरको राहत सामाग्री वितरण गरेको छ ।

तराईमा हालै आएको बाढीबाट पीडित रौतहट जिल्ला परुहा नगरपालिका वडा नं ९ जिंगडिया गाउँका १५० घरपरिवारलाई ५ लाख,७५ हजार २ सय बराबरको खाद्यान्न,लत्ता कपडा, दाल, चामल, नुन, तेल त्रिपाल, ओड्ने, ओछ्याउने, लगायतका सामाग्री वितरण गरेको राहत वितरण कार्यमा सक्रिय नेविसंघ म्याग्दीका पूर्व अध्यक्ष एवं नेपाली कांग्रेस म्याग्दीका महाधिवेशन प्रतिनिधि भरत रकालले बताए।

‘हामीले गाउँका १५० घरपरिवारलाई, एक महिनासम्म पुग्ने खाद्यान्न र लत्ता कपडाहरु वितरण ग¥यौं’, राहत वितरण कार्यक्रमका अगुवा रकालले भने, “एउटै देशका नागरिक भए पछि तराईमा विपत्ति आउँदा पहाडमा बस्ने नेपाली र पहाडमा विपत्ति आउँदा तराईमा बस्ने नेपालीले सहयोग गर्नु हाम्रो राष्ट्रिय जिम्मेवारी र मानवीय धर्म हो ।”

यसैगरी सिराहा र लाहानमा सांसद एवम् पूर्व स्वास्थ्य मन्त्री गगन थापाद्धारा संचालित ‘माया भरिएको बाल्टिन’ नामक राहत वितरण कार्यक्रममा पनि नेविसंघ म्याग्दी समावेश भएको जनाइएको छ ।