अन्तर्राष्ट्रिय

दोक्लाम विवाद उत्कर्षमा पुगेका बेला भारतीय सेनाप्रखुले दिए नयाँ संकेत !

एजेन्सी । भारतीय सेना प्रमुख जनर बिपिन रावतले भारत र चीनको सीमा क्षेत्रमा थप तनाव उत्पन्न हुन सक्ने बताएका छन् । दुई देशबीच दोक्लाम लगायतका सीमा क्षेत्रमा तनवा उत्पन्न भइरहेको बेलामा उनले सो प्रतिक्रिया दिएका हुन् ।

जनरल रावतले दोक्लामको विषयमा तनाव घटाउने प्रयास भैरहे पनि त्यो झन् बढ्ने खतरा देखिएको बताए । शनिबार पुणे विश्वविद्यालयमा आयोजित भू सामरिक स्थितिमा भारतको चूनौती विषयका छलफल कार्यक्रममा बोल्दै उनले भारत र चीनबीच भविष्यमा अरु बढी चूनौती थपिदै जाने सम्भावना देखिएको बताए ।

रावतले भने, ‘विवादित क्षेत्रमा अझै विवाद जारी छ । दोक्लाममा वास्तविक नियन्त्रण रेखाबारे दुई देशबीच अलग अलग धारणामा अडान कामयै रहेकोले यो अझै बढेर जाने देखिदैछ ।’ जनरलले रावतले यो विषय राजनीतिक र कुटनीतिक ढंगले समाधान गर्नुपर्नेमा जोड दिए ।