पु.समाचार

महाप्रवन्धक शर्माविरुद्ध फेरि उजुरी

काठमाण्डौ । साझा प्रकाशनमा भएको अनियमितता छानबिन गरिरहेको संसद्को सार्वजनिक लेखा समितिमा प्रकाशनका अध्यक्ष एवम् महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माविरुद्ध शुत्रबार अर्को उजुरी दर्ता भएको छ ।

उजुरीमा सुदीपा ट्रेडिङ बल्खु र गणेश इन्टरनेसनललाई २८ मे २०१५ काटिएको दुई वटा फरक-फरक पत्र समावेश गरिएको छ ।

पत्रमा दुवै संस्थालाई एक लाख प्रति ‘सबैको नेपाली’, ४० हजार प्रति ‘एक चिहान’ तथा ५० हजार प्रति ‘लिंक इङ्लिस’ प्रकशन गर्न भनिएको थियो ।

ती पुस्तक कक्षा ११ र १२ मा अध्यापन गराइन्छ । साझाका अध्यक्ष तथा महाप्रवन्धक शर्माको हस्ताक्षर रहेको पत्रमा ३५ प्रतिशत छुट दिइएको छ भने, दुवै सस्थालाई ६०/६० लाख रुपैयाँ एडभान्स बुझाउन भनिएको छ ।