साहित्य

एकैपटक नौ वटा पुस्तक यसरी भए बिमोचित

काठमाडौँ । साहित्यकार ठाकुर शर्मा भण्डारी, नारायण कैलाश सिग्देल, मोहन चापागाईँ, रामकुमार पण्डित क्षेत्री, डा विश्वदीप अधिकारी, डा शिव गौतम तथा विनयकुमार शर्माका नौवटा पुस्तकको काठमाण्डौमा एक कार्यक्रमकाबीच विमोचन गरियो ।

शब्दार्थ प्रकाशनको १३ औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा साहित्यकार प्रदीप नेपाल र वसन्तकुमार शर्मा नेपालले विमोचन गरे । विमोजित पुस्तकमा ‘शब्दार्थ सोपान’, ‘नयाँ बाटो’, ‘सत्यसलाम’, ‘मन्दिर र माओ’, ‘आकाश मैथुन’, ‘बाख्राको पाठो’, ‘बाटो हेराइने बाटोहरु’, ‘मार्ग दीप’ तथा ‘परावर्तन’ रहेका छन् ।

सो अवसरमा समीक्षक रजनी ढकालले २० कथा भएको ‘आकाश मैथुन’ पुस्तक अत्यन्तै राम्रो भएको र पाठकले एकचोटी पढ्नै पर्ने कथा हो भने ।

अर्का समीक्षक लेकप्रसाद निरौलाले पुस्तक विमोचनमात्र गरेर हुंदैन ती पुस्तक पाठकका लागि आकर्षक हुने ढंगले लेख्नुपर्ने सुझाव दिए । अर्का समीक्षक गोविन्दराज भटृराईले लेखकको मिहेनत नै पुस्तकको आकर्षणबाट पुष्टि हने बताउँदै अहिलेको प्रतिस्पर्धात्मक युगमा पुस्तक लेखन सजिलो विषय नभएको विचार व्यक्त गरे ।

शब्दार्थ प्रकाशनका अध्यक्ष विनयकुमार शर्मा नेपालले आफूले साहित्यकारको कृतिलाई पाठकसम्म पु¥याउने काम गर्दै आएको र यसबाट थुपै्र लेखक तथा पाठक लाभान्वित भएको चर्चा गरे । रासस