अन्तर्राष्ट्रिय

धर्मगुरु रहीमको पक्षमा गरिएको प्रदर्शनमा झडप भई मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

भारत । गैर नाफामुलक सामाजिक तथा आध्यात्मिक संस्था डेराका प्रमुख गुरमीत राम रहीमलाई अदालतद्वारा दोषी ठहराएपछि उनका समर्थकद्वारा गरेको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपपछि झडपमा परी देशका विभिन्न शहरमा मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको पुगेको छ ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीद्वारा गरेको हस्तक्षेप र प्रदर्शनकारीबीचको झडपमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको र कैयौँ घाइते भएका विभिन्न समाचार माध्यमले जनाएका छन् ।

हरियाणामा दशौैँ हजार मानिस धर्मगुरु रहीमको समर्थनमा उत्रेका छन् ।

शुक्रबारको प्रदर्शनका क्रममा प्रहरीले हरियाणा, पञ्जाव र राजस्थानसमेतका शहरहरूमा व्यापक हस्तक्षेप गरेको प्रदर्शनकारीले जनाएका छन् ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिइसकेको भारतीय अधिकारीले जनाएका छन् । स्थितिलाई नियन्त्रण बाहिर जान नदिन पानीका फोहरा, अश्रुग्याँस तथा हवाई फाएर समेत गरेको प्रहरीले बताएको छ ।

प्रदर्शनकारीले भने जुलुशमा सहभागीहरूलाई ताकेरै गोली चलाएको दावी गरेका छन् ।