अन्तर्राष्ट्रिय

थाइल्याण्डकी पूर्व प्रधानमन्त्री सिनावात्राले देश छोडिन्

एजेन्सी । थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलुक सिनावात्रा देश छाडेर भागेकी छन् । सर्वाेच्च अदालतले आज सिनावात्राविरुद्धको मुद्दामा फैसला सुनाउने तयारी गरेको थियो ।

सिनावात्रा उनीबिरुद्ध थाई सर्बाेच्च अदालतमा चलिरहेको मुद्दाको सुनुवाइका लागि आज अदालतमा उपस्थित हुनुपर्ने थियो । अदालतले उनको जमानत जफत गरी पक्राउ पुर्जी जारी गरेको छ ।

उनको पार्टीनिकटका अनुसार अदालतले गर्ने फैसलाको केही समय अघि मात्रै उनले देश छोड्ने निर्णय अप्रत्यासित रुपमा लिएकी हुन् ।

सिनावात्रा माथि चामल अनुदान कार्यक्रममा अर्बाैं डलर बराबरको आर्थिक अनियमितता गरेको आरोप लगाइएको थियो । उनी प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै चामल अनुदान कार्यक्रम लागू गरिएको थियो ।
पूर्व प्रधानमनत्री सिनावात्रा भ्रष्टचार सम्बन्धी एउटा मुद्दाको सुनुवाइका लागि अदालत उपस्थित नभएपछि त्यहाँको सर्वोच्च अदालतले उनलाई पक्राउ गर्न आदेश दिने बताएको थियो ।

सिनावात्राका वकिलले उनी बिरामी भएका कारण अदालतमा उपस्थित हुन नसकेको जानकारी दिएका छन् । तर अदालतले वकिलको तर्कलाई खारेज गरी मुद्दाको फैसला मिति सेप्टेम्बर २७ सम्मका लागि तोकेका छन् ।

यस अनियमिततामा दोषी पाइए पूर्व प्रधानमन्त्री सिनावात्रालाई १० वर्षसम्मको जेल सजाय तथा राजनीतिमा आजीवन प्रतिबन्ध हुनसक्छ ।

उनको पार्टी पुए थाई पार्टी स्रोतले रोयटर्ससंग कुरा गर्दै उनले थाइल्याण्ड छाडिसकेको जानकारी दिएको छ । तर उनी कहाँ छिन् भन्ने बारेमा भने केहि खुलाएको छैन ।