शिक्षा

नेशनल मेडिकल कलेज सञ्चालनको अनुमति दिनु जायज : त्रिभुवन विश्वविद्यालय

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले नेशनल मेडिकल कलेज सञ्चालनको अनुमति दिनु जायज भएको बताएको छ ।

यसअघि हिजै मात्र नेपाली कांग्रेसका सांसद एवम् पूर्व शिक्षामन्त्री गगन थापाले नेशनल मेडिकल कलेजको अनुमति खारेज गर्न माग गर्दै संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए ।

आज त्रिभुवन विश्वविद्यालयले विज्ञप्ति निकालेर विगतमा सर्वाेच्च अदालतले दिएको आदेश, मन्त्रीस्तरीय निर्णय र डिनको कार्यालयबाट प्राप्त पत्रको व्यवहोरा अनुसार नै नेशनल मेडिकल कलेज सञ्चालनको सम्बन्धन दिएको स्पष्ट पारेको छ ।

त्रिविद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘सम्मानित सर्वाेच्च अदालतको आदेश कार्यान्वयन गर्न पर्दैन भनी आधिकारिक निकायबाट लिखित निर्देशन प्राप्त भएमा त्रिवि कार्यकारी परिषदको मिति २०७४/०४/१२ को निर्णयमा पुनर्विचार गर्न सकिने कुरा सम्वन्धित सबैमा जानकारी गराइन्छ ।’