मनोरञ्जन

नेपाल आइडलबाट बाहिरिने पालो कसको : आज हुदैछ, छिनोफानो

काठमाण्डौ । नेपाल आइडलका पाँच प्रतिस्पर्धी मध्ये आज एक जना बाहिरिदैछन् । पछिल्लो समय निकै लोकप्रिय बन्दै गइरहेको रियालिटी टेलिभिजन सो नेपाल आइडलबाट आज एक प्रतिस्पर्धि बाहिरने छन् ।

बिभिन्न चरण पार गर्दै आएका प्रतिस्पर्धीहरु हरेक बिहिबार भएको रियालिटी सोमा दर्शकको भोटका आधारमा शुक्रबार एक जना बाहिरिने गरेका छन् । यहि क्रममा हिजो बिहिबार सबै प्रतिस्पर्धीले निर्णायकको रोजाइको गीतमा आफ्नो आवाज दिएका थिए । सोही गीतलाई मन पराउँदै आफूलाई मन परेका ५ प्रतिस्पर्धीलाई भोट गर्ने समय आज मध्यान्ह १२ बजेसम्मको समयावधि रहेको थियो । यही समयभित्र दर्शकले दिएको मतका आधारमा सबै भन्दा कम मत ल्याउने प्रतिस्पर्धी आजको शो बाट बाहिरिदै छन् ।

शुरुवाती समयमा आयोजकले केही आलोचना खेप्दै आएको भएपनि पछिल्लो समय सबैको ध्यान नेपाल आइडलले खिचेको छ । निकै नै रोचक र प्रतिष्पर्धात्मक बन्दै गएको नेपाल आइडलमा आज को बाहिरिएला यसै अन्दाज गर्न गाह्रो छ । किन भने प्रस्तुती र निर्णायक भन्दा बाहिर भोटिङ मार्फत दर्शकले नै यसको छिनोफानो गर्देछन् ।

नेपाल आइडलमा विभिन्न चरणहरु पार गर्दै आएका ५ प्रतिस्पर्धी मध्ये मोरङका निशान भट्टराई, चितवनका सागर आले, रुपन्देहीकी सुजाता पाण्डेय, पोखराका बुद्ध लामा र ललितपुरका प्रताप दास छन् । यी नै ५ प्रतिस्पर्धीको ढुकढुकी यतिबेला बढिरहेको छ । आज कसले नेपाल आइडलको मञ्च छोढ्नुपर्ने छ ।

यसअघि बाहिरिएका शुरज थापाले धेरैैलाई रुवाएर उनी भने हास्दै गए । त्यो शाहस आज बाहिरिने प्रतियोगिले गर्न सक्लान्, नसक्लान् हेर्न बाँकी नै छ । हुन त शुरज बाहिरिदा धेरैले धेरै खालका टिका टिप्पणी पनि सामाजिक सञ्जालमा गरेका थिए । राम्रो गायकी भएर पनि कमजोर आर्थिक अवस्थाका कारण उनी बाहिरीनु पर्यो भनेर । तर शुरजले भने आफ्नो गायन यात्रा जहाँसम्म आइपुग्यो, त्यसमै खुशी रहेको भन्दै आयोजक, दर्शक लगायत सबैप्रति आभार व्यक्त गर्दै हासेर बाहिरिदा धेरैले आशु खसाएका थिए ।

त्यस्तै, पहिले नै बाहिरिएका प्रताप लामा, मेनुका पौडेल, अफसर अली, प्रमिला राई, उल्सन श्रेष्ठ, केञ्जल मेहर श्रेष्ठलगायतका प्रतियोगीको प्रस्तुति दर्शकले निकै नै मन पराएका थिए । नेपाल आइडलको ग्रान्ड फिनाले भने कतारमा हुने भएको छ ।