समाचार

बाढीपीडितका लागि राहत सामग्रीसहित पर्यटन व्यवसायी तराईतर्फ

पोखरा । पोखराका पर्यटन व्यवसायीले तराईका चितवन र नवलपरासी जिल्लाका बाढीपीडितको सहयोगका लागि रु २४ लाख मूल्य बराबरको राहत सामग्री लिएर आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

बाढीपीडित क्षेत्रको मागअनुसार चितवनका सौराहा, बच्छौली, गोलाघाट, जितपुर, माडी र नवलपरासीको सुस्तामा राहत वितरण गरिने कार्यक्रम संयोजक गणेश भट्टराईले जानकारी दिए ।

उनका अनुसार छुट्टाछुट्टै चार टोलीमार्फत वितरण गरिने राहत सामग्रीमा खाद्यान्न, म्याट्रेस, झुल र ब्लाङ्केटलगायतका सामग्री छन् ।