राजनीति

प्रधानमन्त्री देउवा आज तेलंगना जादै

काठमाण्डौ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज तेलङ्गना जादै छन् । प्रधानमन्त्री सहितको टोलीले आज तेलङगनाको राजधानी हैदरवादको हाई टेक सिटि र फर्मा कारखानाको अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रधानमन्त्री देउवाले तेलङ्गना भ्रमणका क्रममा त्यहाँ मुख्य मन्त्रीलगायत बिभिन्न पार्टीका प्रमुखसंग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । तेलङ्गनाका मुख्यमन्त्री नर चन्द्रबाबु नायडु, भारतीय माक्र्सवादी कम्युनिष्टि पार्टीका नेता सिताराम यचुरी, बहुजन समाजवादी पार्टीका नेता सुरेन्द्र भदौरिया लगायतसँग भेट गर्ने जनाइएको छ ।

प्रधानमन्त्री देउवासँग आजै साँझ तेलंगना तथा आन्ध्र प्रदेशका राज्यपाल इएसएल नरसिंहनले शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि प्रधानमन्त्री देउवाले राष्ट्रपति भवनमा भारतका प्रमुख राजनीतिक दलका विशिक्ष्ट नेताहरुसंग भेटवार्ता गरेका छन् ।

मित्रराष्ट्र भारतको औपचारिक राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा अहिले मध्यान्ह १२ बजे विशेष चार्टर्ड विमानबाट हैदरावाद प्रस्थान गर्दैछन् ।