राजनीति

प्रधानमन्त्री पत्नी आरजुले भारत भ्रमणमा जाँदा नबिर्सिएको एउटा संस्कृति, जसले सबैको इज्जत चम्काइदियो !

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको क्रममा गार्ड अफ रनरको सलामी लिइरहँदा उनकी पत्नी डा. आरजु राणा पनि सँगै थिइन् । प्रधानमन्त्री देउवा र उनको टोली भारत भ्रमणमा व्यस्त रहिरहेका बेला नेपालमा भने एउटा महत्वपूर्ण चाडमा नेपाली नारीहरु झुमिरहेका थिए । तीज हिन्दु नारीहरुको महान पर्व हो ।

त्यसैले यो पर्वमा प्रायः सबै नेपाली नारीहरुमा उमंगता आएको हुन्छ । विवाहित नारीहरुले आफ्नो पतिको दिर्घायुको कामना गर्दै बर्त बस्छन् भने अविवाहित युवतीहरुले भविष्यमा राम्रो पति पाउँ भन्दै कामना गर्ने गर्ने गर्छन् । यो पर्वको हिन्दु धर्मशास्त्रमा निकै महत्वपूर्ण र गहन अर्थ लगाइएको छ ।

यही बीचमा प्रधानमन्त्री पत्नी आरजु प्रधानमन्त्री समेत रहनुभएका आफ्ना पति शेरबहादुर देउवासँग भारत भ्रमणमा व्यस्त रहेकी थिइन् । आरजुले त्यहाँ आफु एक नेपाली हिन्दु नारी भएको एउटा राम्रो उदाहरण प्रस्तुत गरेको दृष्यले नेपालीहरुको इज्जत चम्किएको देखिन्थ्यो । भारत भ्रमणमा रहेका बेला प्रधानमन्त्री पत्नीले तिजलाई कसरी उपयोग गरिन् होला ?

यो विषय सबैका लागि कौतुहलताको विषय हुनसक्छ । तर सञ्चारमाध्याममा पहुँच हुने नेपालीहरुले भने सहजै बुझिसकेका पनि छन् । प्रधानमन्त्रीसँगै रहेकी आरजुको तस्वीरले नै यो कुरा बोलिरहेको थियो ।

आरजुले भारत भ्रमणमा जाँदा आफ्नो संस्कार र संस्कृतिलाई बिर्सिनन् बरु उनी तीजको बेला निकै सुन्दर देखिएकी थिइन् । उनले तीजमा नेपाली नारीहरुले जे गर्छन् र जस्तो पहिरन लगाउँछन्, सोही पहिरनमा उनी देखिएकी थिइन् ।

तीजको दिन आरजुले के–के गरिन् ?
भारत भ्रमणमा निस्कँदा एउटा छुट्टै पहिरनमा सजिएकी प्रधानमन्त्री पत्नी आरजु तीज सुरु भएसँगै रातो पहिरनमा देखिएकी थिइन् । उनी बुधबार साँझको रात्री भोजमा समेत सहभागी नभएको भ्रमण दलका एक सदस्यले बताएका छन् ।

आरजुले तीजको व्रत लिएको–नलिएको पुष्टि नभएपनि उनी बिहीबार प्रधानमन्त्रीसँगै भएको गार्ड अफ रनर र केही भेटवार्ताका कार्यक्रम बाहेकका औपचारिक कार्यक्रममा सहभागी भइनन् । गार्ड अफ रनरको सलामी लिएलगत्तै महात्मा गान्धीको समाधिस्थलमा सहभागी हुने कार्यक्रम रहेकोले त्यहाँ भने उनी उपस्थिति भएकी थिइन् ।

प्रधानमन्त्री पत्नी आरजु तिजको दिन रातो साडी, रातो टिका, रातो नङपालिस र सुनौलो सुनको लकेटमा सजिएर देखिएकी थिइन् । यो दृष्य गार्ड अफ रनरको सलामी लिँदा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरिरहँदाको दृष्यमा समेत देख्न सकिन्छ ।

जतिसुकै व्यस्त कार्यक्रममा भएपनि उनले हिन्दु नारीहरुको महान पर्वमा ‘आफु नेपाली हिन्दु नारी हुँ’ भन्ने एउटा साझा र राम्रो सन्देश दिएको भन्दै उनको प्रसंशा भइरहेको छ ।