राजनीति

तेश्रो चरणको निर्वाचनः यस्तो छ दलहरुको तयारी

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको २ असोजमा हुने निर्वाचन तयारीमा दलहरु लागेका छन् ।नेपाली कांग्रेसले साउनभित्रै उम्मेदवार चयन गरेर निर्वाचनमा होमिने दाबी गरे पनि कांग्रेसले प्रदेश नम्बर २ मा अझै उम्मेदवार चयन गर्न सकेको छैन्  ।

पहिलो र दोस्रो चरणको निर्वाचनमा बेहोरेको हारबारे समीक्षा गर्दै कांग्रेसले तेस्रो चरणको निर्वाचनका लागि साउनभित्रै उम्मेदवार टुंग्याउने बताउँदै आएको थियो । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा भारत भ्रमणबाट फर्केपछि उम्मेदवार टुंगो लगाउने संकेत कांग्रेसले दिएको छ ।

एमालेले प्रदेश नम्बर २ का दुईतिहाइ तहमा उम्मेदवार टुंगो लगाएको छ । वैकल्पिक पोलिटव्युरो सदस्य शत्रुधन महतोका अनुसार २ असोजमा हुने स्थानीय चुनावका लागि धनुषाबाहेक सात जिल्लामा पार्टीले उम्मेदवार टुंग्याएको छ ।

शुक्रबारको नयाँ पत्रिकामा लेखिएको छ,  माओवादी केन्द्रले अर्को हप्तासम्म टुंग्याउने बताएको छ । उम्मेदवार तय गरेर मैदानमा होमिने माओवादी केन्द्रका प्रदेश नम्बर २ का इन्चार्ज मात्रिका यादवले बताए ।