राजनीति

विप्लवद्वारा पार्टीभित्र मौलाएको कमजोरी स्वीकार !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीभित्र व्यापक आर्थिक अराजकता रहेको बताएका छन् । नेता–कार्यकर्ता चन्दामुखी भएको आरोप लागेका बेला चन्दले नै अराजकता मौलाएको स्वीकारेका हुन् ।

केन्द्रीय समिति बैठकमा पेस गरेको दस्तावेजमा चन्दले आर्थिक अराजकताको कुरा महत्त्वका साथ उल्लेख गरेका छन् । उनको दस्तावेजलाई बैठकले अनुमोदन गरेको थियो ।

शुक्रबारको अन्नपूर्णमा लेखिएको छ, ग्रामीण क्षेत्रको जिम्मेवारी दिइएका नेता–कार्यकर्ता सहरमै केन्द्रित भएको, विवादास्पद मुद्दा–मामिलामा मात्रै कार्यकर्ता सक्रिय भएको तथा पार्टीको माथिल्लो कमिटिको निर्देशन र अनुमतिविनै समात्ने, दुःख दिनेजस्ता काममा पार्टी प्रयोग भएको खुलासा चन्दले गरेका छन् ।