स्वास्थ्य

उपचारका लागि ओली थाइल्याण्ड जाँदै

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नियमित स्वास्थ्य उपचार गराउनका लागि शुक्रबार थाइल्याण्ड जाँदै छन्।

थाइ एयरवेजको विमानबाट शुक्रबार दिउँसो १ बजे उनले नियमित स्वास्थ्य उपचारका लागि थाइल्याण्डस्थित बैंकक जान थाल्नुभएको अध्यक्ष ओलीका स्वकीय सचिव अनिश दाहालले जानकारी दिए ।

अध्यक्ष ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य पनि त्यसतर्फ जानेछन् । यही भदौं १४ गते उहाँ स्वदेश फर्कने कार्यक्रम रहेको स्वकीय सचिव दाहालले बताए ।

नियमित स्वास्थ्य उपचारका लागि उनी ६/६ महिनामा बैंकक जाने गरेका छन् । यसअघि जेठमा उनी उपचारका लागि बैंकक गएका थिए ।