राजनीति

राप्रपामा गाईजात्रा, अब राणाबिरुद्ध थापा अदालत जाने

काठमाण्डौ । पशुपतिशम्शेर राणाविरुद्ध कमल थापा अदालत जाने भएका छन् । सर्वाेच्च अदालतको आदेश र निर्वाचन आयोगको निर्णय राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकको पक्षमा आएपछि थापा पनि अदालत जाने भएका हुन् ।

निर्वाचन आयोगले राप्रपा विभाजनाबारे गरेको निर्णय त्रुटीपूर्ण र कानुन सम्मत नभएको भन्दै कमल थापा नेतृत्वको राप्रपाले कानुनी उपचारका लागि अदालत जाने निर्णय गरेको हो ।

राप्रपाका प्रवक्ता भुवन पाठकले विज्ञप्ति जारी गर्दै कानूनी उपचारका लागि अदालत जाने निर्णय गरिएको बताएका छन् ।
सर्वाेच्च अदालतले भने राप्रपा प्रजातान्त्रिक पार्टी दर्ता प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई आदेश दिइसकेको छ ।