अन्तर्राष्ट्रिय

चीनमा सामूद्रिक आँधी, १२ जनाको मृत्यु, बाढी पहिरो आउन सक्ने चेतावनी

एजेन्सी । चीनको दक्षिण क्षेत्रमा शक्तिशाली आँधीसंगै भारी बर्षाका कारण कम्तिमा १२ जनाको मृत्यु भएको छ ।

आँधी र बर्षाका कारण सयौ मानिस चमेटामा परेका छन् । ग्याङ्डुङ प्रान्तको जुखाई शहर आँधीबाट सबैभन्दा बढी प्रभावित भएको छ । आँधीका कारण भौतिक संरचनामा पनि ठूलो क्षति भएको बताइएको छ । आँधीका कारण शहरमा विद्युत आपूर्ति बन्दै भएको छ ।

आँधी प्रवावित क्षेत्रका २७ हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।
अधिकारीहरुले बाढीपहिरो लगायत प्रकोप आउन सक्ने भन्दै सजग रहन निर्देशन दिएका छन् ।