पु.समाचार

मनहरी खोलाले बगाउँदा ३ बालकको मृत्यु

मकवानपुर । मकववानपुरको मनहरी खोलाले बगाउँदा ३ बालकको मृत्यु भएको छ ।

आज बिहान साढे ११ बजेतिर नुहाउन गएका उनीहरुलाई खोलाले बगाउदा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा मनहरी गाउँपालिका ७ का सुजन थिङका छोरा ११ वर्षीय अमन, दीपक रुम्बाका छोरा ७ वर्षीय अलेख र बाबुलाल रुम्बाका ७ वर्षीय प्रकाश रुम्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिएका छन् ।

मृतक तीन बालकको शव परीक्षणका लागि मनहरीबाट हेटौँडा अस्पताल लगिएको जनाइएको छ ।