अन्तर्राष्ट्रिय

स्पेनमा फेरि एकपटक आक्रमणको संकेत देखिएपछि…..!

एजेन्सी । स्पेनिश प्रहरीले आक्रमण हुन सक्ने सूचना दिएपछि नेदरल्याण्ड्सको रोटाडाममा हुने भनिएको एउटा सांगीतिक कार्यक्रम स्थगित भएको छ। उक्त सूचनाका आधारमा नेदरल्याण्ड्सको प्रहरीले अन्तिम समयमा सांगीतिक कार्यक्रम स्थगित गर्न लगाएको अधिकारीहरुले बताएका छन्।

अमेरिकी सांगीतिक समूह अल्लाह-लसले आफ्नो प्रस्तुति दिने कार्यक्रम थियो। स्पेनिश प्रहरीबाट सूचना पाएको केही घण्टापछि प्रहरीले ग्यासका सिलिण्डरहरु बोकेको एउटा भ्यानलाई कार्यक्रमस्थल नजिक जानबाट रोकेको थियो।

स्पेनमा दर्ता गराइएको सो भ्यानका चालकसँग सोधपुछ भइरहेको बताइएको छ। यद्यपि आतंकवादी हमला गराउने योजनासँग उनको सम्बन्ध रहे वा नरहेकोबारे अहिल्यै केही भन्न हतार हुने रोटाडामका मेयर अहमद अबुतालेबले बताएका छन्।