पु.समाचार

पूर्व युवराज्ञी हिमानीले गरिन् २५० परिवारलाई राहत वितरण

पर्सा । पर्साको पोखरिया नगरपालिकाका बाढीपीडितलाई आज पूर्व युवराज्ञी हिमानी शाहले राहत वितरण गरिन् ।

पोखरिया नगरपालिकास्थित श्री जिल्ला उचांगल उच्चमाविको प्राङ्गणमा पूर्व युवराज्ञी शाहले २५० बाढीपीडित परिवारलाई राहत वितरण गरेकी हुन् । जिल्ला दैवी प्रकोप उद्धार समिति पर्साको समन्वय र हिमानी ट्रष्टको आयोजनामा राहत वितरण गरिएको हो ।

साउन २६ देखि ३० गतेसम्म परेको अविरल वर्षाका कारण डुबानमा परेका बाढीपीडितलाई त्रिपाल, चामल, चिउरा, बिस्कुट, नून, खानेतेललगायतका सामग्री वितरण गरिएको हो ।